images
images

गुडविल फाइनान्सले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?


  • 398
    SHARES
  • २०८० जेठ ३२ गते बिहीबार

    गुडविल फाइनान्सले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

    काठमाडौं । गुडविल फाइनान्सले बार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले असार २१ गते होटल गुडविल फाइनान्स लिमिटेड हात्तिसार काठमाडौंमा बिहान ११ बजे बस्नेगरी सभा बोलाएको छ । सभाले आर्थिक वर्ष २०७८७९को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ ।

    कम्पनीले वार्षिक साधारणसभा प्रयोजनार्थको लागि आउँदो असार १२ गतेदेखि असार २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ असार ११ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउँछन् ।


    images
    images

    Logo