images
images

प्रतिकूल मौसमले हवाई उडान प्रभावित


  • 438
    SHARES
  • २०८० जेठ ३१ गते बुधबार

    प्रतिकूल मौसमले हवाई उडान प्रभावित

    काठमाडौं । प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान प्रभावित भएको छ । मौसम बदलीका कारण भिजिबिलिटी कमजोर हुँदा देशका विभिन्न गन्तव्यको उडान प्रभावित भएको हो । 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल कार्यालयका अनुसार अहिले विराटनगर, जनकपुर, सिमरा, पोखरालगायतको विमानस्थलको उडान रद्द गरिएको छ ।

    काठमाडौंबाट सिमराका लागि आज साँझ तय गरिएका दुई उडान रद्द गरिएको छ भने विराटनगरबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज उतै फर्किएको छ । धनगढीबाट काठमाडौँ आएका जहाज पनि लामोसमयको होल्डपछि काठमाडौँ विमानस्थलमा अवतरण गरेको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडान प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

    यस वर्षको मनसुन प्रणाली आज नेपालको कोशी प्रदेश, पूर्वी मधेश प्रदेश, बागमती प्रदेशका अधिकांश भू–भागमा आगमन भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण काठमाडौँमा साँझपखदेखि अहिले पनि निरन्तर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौँको आकाश पूर्ण बदली रहेको छ ।

     


    images
    images

    Logo