काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले साधारणसभा बोलाएको छ । कम्पनीले २ वटा आर्थिक वर्षको साधारणसभा गर्न लागेको हो ।
कम्पनीले असार २० गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान ११ बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले विभिन्न संघ संस्थाहरुलाई आर्थिक सहायता दिइएको रकम अनुमोदन गर्नेछ ।
साथै, सञ्चालक समिति सदस्यको निर्वाचन गर्ने, खापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।
सो सभा प्रयोजनका लागि कम्पनीले असार ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।