काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको शेयर रजिष्टारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ नियुक्त भएको छ ।
शेयर रजिष्टार सम्बन्धि सम्पुर्ण कार्य गर्नको लागि इन्स्योरेन्स कम्पनी र नबिल इन्भेष्टमेन्ट बैंकिङबिच सम्झौता भएको छ ।
शेयर रजिष्टारको रुपमा बिल इन्भेष्टमेन्ट बैंकिङले यूनाइटेड अजोड इन्स्योरेन्सको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।