images
images

सगरमाथामा यो वर्षमात्र हराए १७ जना, किन बढ्दैछ मृत्युदर ?


  • 555
    SHARES
  • २०८० जेठ २८ गते आइतबार

    सगरमाथामा यो वर्षमात्र हराए १७ जना, किन बढ्दैछ मृत्युदर ?

    काठमाडौं । यस वर्ष सगरमाथा आरोहण गरेकामध्ये १७ जना हराएका वा मृत्यु भएका छन् । 

    सगरमाथाको आरोहण सधैं जोखिमयुक्त नै हुन्छ । 

    तर यसपटक अत्याधिक चीसो, चरणवद्ध रुपमा आरोहण नगर्नु, अनुभवहीन र ‘अधीर’ विदेशी पर्यटकका कारण मृत्युदर धेरै पुगेको र सगरमाथा आरोहीका लागि सबैभन्दा घातक वर्ष मध्येको एक बन्न गएको सगरमाथा आरोहणका आयोजकहरु बताउँछन् । 

    उद्धार टोलीहरुले अन्तिम पटक खोजी कार्य सकेर आफ्नो बुट र टेन्टहरु प्याक गरेर बेस क्याम्पबाट फर्किएपछि यस वर्षको लागि आरोहणको समय सक्किन्छ । यदि पर्वतारोहीले ती गल्तीहरु नगरेका भए १७ जनाभन्दा कमको मृत्यु हुने विज्ञ आरोहीहरु बताउँछन् । 

    अत्याधिक चीसो

    सगरमाथाको आरोहणका लागि बाटो बनाउने टोली इमाजिन नेपाल ट्रेक एन एक्स्पिडिसनका आरोहण आयोजक मिङ्मा ग्याल्जे शेर्पाले यो सिजन समग्रमा निकै नै खराब देखिएको बताए । ‘मूख्य कारण त अत्याधिक चीसो मौसम नै हो, तर त्यहाँ लापरवाही पनि थियो’ उनले भने । 


    विगतका सिजनहरूमा उच्च मृत्यु संख्याहरू रेकर्ड गरिएको थियो, तर ती संख्या ठूला प्रकोपका कारण उच्च रहेको थियो । 

    सन् २०१४ मा हिमपहिरोमा परेर १६ नेपाली गाइडको मृत्यु भएको थियो, त्यसपछि त्यस सिजनका लागि आरोहण बन्द गरिएको थियो । सन् २०१५ सबैभन्दा घातक मानिएको थियोे, जब १८ जना पर्वतारोहीको ज्यान गएको थियो । त्यसै वर्ष महाभूकम्पका कारण करिब नौ हजार जनाको मृत्यु भएको थियो । 

    यस सिजनमा १२ जनाको मृत्यु भएको छ भने अन्य ५ जना बेपत्ता छन् । तीमध्ये दशजना विदेशी थिए, जुन हालसम्मकै उच्च रेकर्ड हो । र अन्य ७ जना नेपाली गाइड, सगरमाथा सरसफाइका लागि खटिएका मानिसहरु र एक जना पर्वतारोही छन् । 

    ट्राफिक जाम 

    यस वर्ष धेरै मानिसहरुलाई सगरमाथा आरोहणका लागि अनुमति दिइएको कारण मृत्युदर धेरै रहेको मानिसहरु सोच्छन् ।  कोभिड महामारीका कारण सगरमाथा आरोहण रोकिएका कारण एकैपटक धेरैका लागि परमिट दिइएको हुन सक्छ । 

    नेपालले यस सिजनमा ४७८ जना विदेशीलाई पर्वतारेहणका लागि अनुमति दिएको थियो । पर्वतारोही र गाइडहरु सहित करिब ६०० जना शिखरमा पुगेका थिए । धेरै मानिसहरु भएका कारण ‘ट्राफिक जाम’ भएर पनि दुर्घटनाको संख्या बढेको हुनसक्ने अनुमान समेत रहेको छ ।

    धेरै मानिसहरुका कारण आरोहण मार्गमा ‘ट्राफिक जाम’  हुने अमेरिकास्थित म्याडिसन पर्वतारोहण कम्पनीका ग्यारेट म्याडिसनले बताए । 

    सबैजना आरोहणका लागि उपयुक्त मौसमको पर्खाइमा रहेका कारण यस मौसममा आरोहीहरुको लाम बढेको हुन सक्छ । 


    लापरवाही

    चीसो बढ्दै जाँदा, धेरै पर्वतारोहीहरु हराइरहेको र केहीको मृत्यु समेत भएको रिपोर्ट आएको थियो । हावामा आद्र्रता धेरै रहेका कारण फेक्सोमा तरल जम्मा हुने जस्ता समस्याहरु आइरहेका थिए । सोही कारण नेपाली गाइड र भरियाले सिजनको सुरुमा नै शीतदंशको समस्याको सामना गर्नुपरेको मिङ्मा ग्याल्जे शेर्पाले बताए । 

    सोही कारण उच्च शिविरहरुमा आवस्यक पर्ने सामग्रीहरु पुगिसकेको थिएन । ‘क्याम्प ४ मा आवस्यक पर्ने सामाग्रीहरु नपुगेका कारण पर्याप्त तयार भइसकेको थिएन तर पर्वतारोहीहरु अधीर भएर चढ्न थाले’ उनले भने, ‘मलाई जहाँसम्म लाग्छ सबै सामाग्रीहरु त्यहाँ पुगिसकेको भए जोखमलाई केही हदसम्म कम गर्न सकिन्थ्यो’ । 


    अनावश्यक प्रतिस्पर्धा

    आरोहण उद्योगको द्रुत बृद्धिले व्यवसायको लागि कम्पनीहरू बीच भयंकर प्रतिस्पर्धा सिर्जना गरेको छ । साथै केहीले सुरक्षाका मापदण्डहरु पुरा नगरि पर्वतारोहण गराइरहेका छन् कि भन्ने डर पनि बढाएको छ ।

    ‘सुरक्षाका सबै मापदण्डहरु पुरा गरिएको भए धमृत्यु धेरै हदसम्म घटाउन सकिन्थ्यो’ अस्ट्रियास्थित फर्टेनब्याक एडभेन्चर्सका लुकास फुर्टेनबाचले भने । ‘यी दुर्घटनाहरू सबैको समान ढाँचा छ,’ फर्टेनबाचले भने । त्यससँगै, अक्सिजन लगायतका सामाग्रीहरुको चोरी समेत हुने भएकाले अक्सिजन र सुरक्षा मापदण्ड पूरा गर्न गाह्रो हुने गरेको उनी बताउँछन् । 

    जोखिमका कारण धेरै पर्वतारोहीले यसपटक अनुमति र अन्य आवश्यकताका लागि तिरीसकेको रकमको समेत पर्वाह नगरी सगरमाथा आरोहणको योजना टुक्राएका छन् । 

    ‘यसले जनताको विश्वासलाई हल्लायो । बिरामी परेका मानिसहरु उद्धार गरेर ल्याएको र मृत्यु भएकाको लाश ल्याउँदै गर्दा सक्षम आरोहीहरुलाई समेत शंका हुन्छ’, अभियान आयोजक एशियन ट्रेकिङका दावा स्टिभन शेर्पाले भने ।


    तर सबै नराम्रोमात्र भएन, दुवै खुट्टा गुमाएका, पूर्व नेपाली सेना हरि बूढा मगरले कृत्रिम खुट्टाको सहायताले सगरमाथा चढेर नयाँ कीर्तिमानी राखे । त्यस्तै, २६ औं पटक सगरमाथाको सफलतापूर्वक आरोहण गरिसकेका कामीरिता शेर्पाले अर्कोपटक पनि आरोहण गरेर २७ औं पटकको कीर्तिमानी राखे । ‘डेथ पोइन्ट’ मा फेला परेका मलेसियाका एक घाइते पर्वतारोहीलाई नेपाली शेर्पाले उद्दार गर्न सफल भए । 


    images
    images

    Logo