काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले साधारणसभा बोलाएको छ । बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनलिे असार १५ गते अमृतभोग ब्याक्वेटमा बिहान ११ः३० बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले कम्पनीले प्रस्ताव गरेको ४.७५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
साथै, सभाले प्रबन्धपत्र÷नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेर बदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, संस्थागत लगानीकर्ताबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न २ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।
सो सभा प्रयोजनका लागि कम्पनीले असार ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।



