काठमाडौं । श्रृजनशील लघुवित्तले साधारणसभा बोलाएको छ । बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनलिे असार १५ गते संस्थाको केन्द्रिय कार्यालय गोलबजारमा बिहान ११ बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले कुनै पनि लघुवित्त संस्थासँग मर्जरका लागि प्रयोजन हुने उपयुक्त संस्था पहिचान गर्नेछ ।
साथै, लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, अन्य वित्तीय संस्थाहरुको शाखाहरु खरिद तथा प्राप्ती गर्ने लगायतका कार्यहरु सँग सम्बन्धित आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।
सो सभा प्रयोजनका लागि कम्पनीले असार ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।