काठमाडौं । गौरीशंकर पावर डेभलपमेन्ट लिमिटेड र एपेक्स मकालु हाइड्रो पावरले प्राथमिक सेयर जारी गर्ने भएका छन् । दुवै कम्पनीले आइपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण बोलाएका छन् ।
त्यस्तै, गौरीशंकर पावर डेभलपमेन्ट लिमिटेडले आइपीओ निष्कासनको प्रस्ताव पारित गर्न पनि असार ८ गते वशेष साधारण सभा डाकेको छ । सभा कम्पनीको रजिष्टार्ड कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।
त्यस्तै, एपेक्स मकालु हाइड्रोपावरले आइपीओ निष्कासनको प्रस्ताव पारित गर्न असार ८ गते विशेष साधारण सभा डाकेको छ । सभा कम्पनीको रजिष्टार्ड कार्यालयमा दिउँसो २ बजे सुरु हुनेछ । सभामा कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।
दुवै कम्पनीले सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि पेश गर्नेछन् ।



