images
images

मैदा उद्योग संघमा नयाँ कार्यसमिति चयन


  • 619
    SHARES
  • २०८० जेठ २३ गते मंगलबार

    मैदा उद्योग संघमा नयाँ कार्यसमिति चयन

    काठमाडौं । नेपाल मैदा उद्योग संघको अध्यक्षमा कुमुद कुमार दुगड चयन भएका छन् । मंगलबार संघको २३ औं वार्षिक सधारण सभाले दुगडलाई दोस्रो कार्यकालका लागि निर्विरोध चयन गरेको हो । 

    सभाले प्रथम उपाध्यक्षमा दिनेश कुमार अग्रवाल, द्वितिय उपाध्यक्षमा अरुण गोयनका, तृतिय उपाध्यक्षमा बिकास बेगवानी, महासचिवमा राधेश्याम अग्रवाल, सचिवमा आनन्द ओझा, सचिवमा धिरज गोल्छा, सचिवमा सँजय अग्रवाल, कोषाध्यक्षमा बिनोद कुमार अग्रवाल सहित १७ सदस्यको कार्यसमिति सर्वसम्मत चयन गरेको छ । 

    हाल यस क्षेत्रमा १७ अर्ब भन्दा बढी लगानी भएको छ भने ४ हजार भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । नेपाल मैदा उत्पादनमा आत्मनिर्भर रहेकोले विदेशबाट हुने आयात रोक्न तथा निर्यात प्रवद्र्धनका लागि अनुदानको व्यवस्था गर्न संघीय सरकारसँग माग समेत गरेको छ । 


    images
    images

    Logo