काठमाडौं । सिंगटी हाइड्रोपावरले साधारणसभा बोलाएको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनलिे असार १३ गते धुम्रबाराह भेन्यु, धुम्वाराहीमा बिहान ११ बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने, सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, समूह क बाट ४ जना र समूह ख बाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने लगायतका एजेण्डा पारित गर्नेछ ।
सो सभा प्रयोजनका लागि कम्पनीले जेठ ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।