images
images

विन नेपाल लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 490
    SHARES
  • २०८० जेठ २२ गते सोमबार

    विन नेपाल लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । विन नेपाल लघुवित्तले साधारणसभा बोलाएको छ । आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले असार ११ गते फिस स्टेसन एण्ड रिसोर्ट बनेपामा बिहान ११ बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले कुनै अन्य संस्थासँग गाभिने वा मर्जरमा गए त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई प्रदान गर्नेछ । 

    साथै, लेखा परीक्षक नियुक्ति, डिजिटल बैंकिंग लेनदेनको लागी प्रबन्धपत्र संशोधन गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ । 

    सो सभा प्रयोजनका लागि कम्पनीले असार ५ गतेदेखि असार १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । 


    images
    images

    Logo