काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले साधारणसभा बोलाएको छ । आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले असार ७ गते मैत्री हल इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले लिखुखोला जलविद्युत आयोजनामा लगानी र काबेली बी(०१ क्यास्केड जलविद्युत आयोजनाको ऋण भुक्तानीको लागि १ः१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ ।
सो सभा प्रयोजनका लागि कम्पनीले जेठ ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।