images
images

नेशनल माइक्रोफाइनान्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 606
    SHARES
  • २०८० जेठ १९ गते शुक्रबार

    नेशनल माइक्रोफाइनान्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । नेशनल माइक्रोफाइनान्सले साधारणसभा बोलाएको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले असार ३ गते धादिङ क्रिक रिसोर्टमा बिहान ११ बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले समिट लघुवित्त संस्थासँग मर्जरलाई पारित गर्नेछ । 

    साथै, नेशनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीच स्वाप रेसियो अनुपात १ः०.७३ कायम गर्ने, मर्जरपछि राष्ट्रिय शिखर सम्मेलन लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।  

    उक्त सभा प्रयोजनका लागि कम्पनीले जेठ २५ गतेदेखि असार ३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । 


    images
    images

    Logo