images
images

पाँच महिनामा ४ लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए, कुन देशबाट कति ?


  • 1.4K
    SHARES
  • २०८० जेठ १८ गते बिहीबार

    पाँच महिनामा ४ लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए, कुन देशबाट कति ?

    काठमाडौं । सन् २०२३ को पाँच महिनामा ४ लाख ४ हजार २ सय ५७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार जनवरीदेखि मे महिनासम्म सो सङ्ख्यामा पर्यटक भित्रिएका हुन् । 

    मे महिनामा मात्रै ७७ हजार ७ सय ३० पर्यटक नेपाल आएका छन् । यस वर्षको जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २ सय ५५, मार्चमा ९९ हजार ४ सय २६ र अप्रिलमा ९८ हजार ७ सय ७३ पर्यटक भित्रिएका थिए ।
     
    तथ्याङ्कअनुसार मे महिनामा पनि सबैभन्दा बढी भारतबाट ३६ हजार ५ सय ७५ पर्यटक भित्रिएका छन् । भारतपछि अमेरिकाबाट ८ हजार ५ सय ४५, चीनबाट ४ हजार ६ सय ६७, बेलायतबाट ३ हजार ९ सय २७, अष्ट्रेलियाबाट २ हजार १ सय ८४ जना पर्यटक आएका छन् ।
        
    बङ्गलादेशबाट २ हजार १ सय ६४, मलेसियाबाट १ हजार ३ सय २१, जर्मनीबाट १ हजार एक सय ६५, फ्रान्सबाट १ हजार ९७ र दक्षिण कोरियाबाट १ हजार ३९ जना पर्यटक भित्रिएका छन् । 

    कोभिडले सुस्ताएको पर्यटन क्षेत्रले पछिल्लो समयमा गति लिँदै गएको छ । स्थलमार्गबाट आउने भारतीय पर्यटक बाहेक सन् २०१९ मा करिब १२ लाख पर्यटकको आगमन भएकोमा कोभिड महामारीका कारण सन् २०२० र २०२१ मा पर्यटक आगमन सङ्ख्या क्रमः १ लाख ३० हजार र १ लाख ५१ हजारमा सीमित रहन पुगेको थियो । 

    यद्यपि, सन् २०२२ मा भने पर्यटक आगमनमा उल्लेख्य वृद्धि भई ६ लाख १४ हजार ८ सय ६९ पुगेको छ । सन् २०२३ मा पर्यटक आगमन निरन्तर बढिरहेको छ ।


    images
    images

    Logo