images
images

एलन मस्क फेरि बने विश्वको धनी


  • 858
    SHARES
  • २०८० जेठ १८ गते बिहीबार

    एलन मस्क फेरि बने विश्वको धनी

    काठमाडौं । बर्नार्ड आर्नल्टलाई उछिन्दै एलन मस्क फेरि विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । बिहीबार ब्लुमबर्ग बिलियनियर्स ट्यालीले सार्वजनिक गरेको विश्वका धनाड्यहरुको सूचीमा मस्क पहिलो स्थानमा परेका हुन् । 

    २०२१ मा विश्वको सबैभन्दा धनी बनेका मस्क केही समयअघि टेस्लाको शेयरमा आएको भारी गिरावटका कारण दोस्रो धनी बनेका थिए । 

    ब्लुमबर्ग बिलियनियर्स ट्यालीका अनुसार मस्कको नेटवर्थ १९२ बिलियन डलर र आर्नल्टको नेटवर्थ १८७ बिलियन डलर रहेको छ । 

    त्यस्तै, जेफ बेजोस, बिल गेट्स र ल्यारी एलिसन क्रमशः १४४ बिलियन डलर, १२५ बिलियन डलर र ११८ बिलियन डलर सहित क्रमशः तेस्रो चौथो र पाचौँ स्थानमा परेका थिए । 

    यसअघि फोर्बस्ले सार्वजनिक गरेको रिपोर्टमा आर्नल्ट २११ बिलियन डलर नेटवर्थसहित पहिलो स्थानमा र मस्क १८० बिलियन डलर नेटवर्थसहित दोस्रो  स्थानमा परेका थिए । 


    images
    images

    Logo