images
images

नेपाली टोलीले यसरी गर्यो हराएका पर्वतारोहीको उद्दार


  • 522
    SHARES
  • २०८० जेठ १८ गते बिहीबार

    नेपाली टोलीले यसरी गर्यो हराएका पर्वतारोहीको उद्दार

    काठमाडौं । हिमाल आरोहणको क्रममा समस्यामा परेका दुई पर्वतारोहीलाई नेपाली उद्दार गरिएको छ । त्यसमध्ये एक जनालाई जीवितै र एकजनाकोे मृत्यु भइसकेको अवस्थामा उद्दार गरिएको हो । 

    सगरमाथा चढ्ने क्रममा मलेसियाको एक पर्वतारोही डोरीमा झुण्डिएको अवस्थामा भेटिएपछि ३० वर्षीय गेल्जे शेर्पाले उनलाई उद्दार गरेका हुन् । ‘डेथ जोन’ नाम दिइएको स्थान जहाँ तापक्रम –३० डिग्री सेन्टीग्रेटभन्दा कम हुन्छ, त्यहाँ पर्वतारोही काँपिरहेको भेटिएका शेर्पा बताउँछन् । 

    पर्वतारोहीलाई सुतिरहेको म्याटमा बेरेर गेल्जेले बाल्कनी क्षेत्रबाट १९०० फिट तल– तेस्रो क्याम्पसम्म पिठ्युँमा बोकेर ल्याए । उनलाई निमा ताही शेर्पाले बाटो देखाएर र पालैपालो बोकेर सहयोग गरे । त्यसपछि हेलिकप्टरले उनलाई ७ हजार १ सय ६२ मिटरमा रहेको तेस्रो क्याम्पबाट बेसक्याम्पमा ल्यायो । 


    कञ्चनजङ्घामा एक पर्वतारोहीको लाश फेला

    पाँच जना नेपाली गाइडहरुको टोलीले कञ्चनजङ्घामा एक जर्मन पर्वतारोहीको लाश फेला पारेको थियो । ८४०० मिटरको उचाईमा टोलीले लुइस स्टिजिङ्गरको लाश फेला पारेको सेभेन समिट ट्रेक्सका मिङ्मा शेर्पाले बताए । 

    ‘टोलीहरुले उनको लाश तल ल्याइरहेका छन्’ शेर्पाले भने । 

    मे २५ मा ५४ वर्षिय लुइस ८५८६ मिटर अग्लो कञ्चनजङ्घाको चुचुरोमा बिना अक्सिजन पुगेका थिए । त्यसपछि उनी सम्पर्कविहीन भए । यसअघि मौसमी अवस्थाका कारण उद्धार कार्यमा बाधा पुगेको थियो ।


    images
    images

    Logo