images
images

लक्ष्मी बैंकले बोलायो विशेष साधारणसभा, बुक क्लोज कहिले ?


  • 555
    SHARES
  • २०८० जेठ १७ गते बुधबार

    लक्ष्मी बैंकले बोलायो विशेष साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । लक्ष्मी बैंकले विशेष साधारणसभा बोलाएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    बैंकले असार ३ गते अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले सनराइज बैंकसँगको मर्जरलाई पारित गर्नेछ । 

    साथै, लक्ष्मी बैंक र सनराइज बैंकबिच भएको मर्ज भई स्वाप रेसियो अनुपात १ः१ लाई पारित गर्ने, मर्जर प्रयोजनको लागि मुल्याङनकर्ताले तयार गरेको बैंकको चल अचल सम्पत्ति तथा दायित्व मुल्याङ्गन (डीडीए) प्रतिवेदन तथा अन्य सम्बद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको सेयर आदान प्रदान अनुपात र अन्तिम सम्झौता पत्र पारित गर्ने लगगायतका एजेण्डा कम्पनीको रहेको छ । 

    उक्त प्रयोजनका लागि बैंकले जेठ २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 


    images
    images

    Logo