images
images

जाल्पा सामुदायिक लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?


  • 504
    SHARES
  • २०८० जेठ १५ गते सोमबार

    जाल्पा सामुदायिक लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

    काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तले साधारणसभा बोलाएको छ । आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले असार ४ गते रुपन्देहीको द एसआर होटेलमा बिहान ९ बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले कम्पनीले प्रस्ताव गरेको १४।२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।७५ प्रतिशत नगद लाभांश पारित गर्नेछ । 

    साथै, नियामकबाट थप संशोधनको लागि निर्देशन भई आएमा सो को अख्तियारी संचालक समितिलाई दिने, मर्जरबारे निर्णय गर्ने अख्तियार संचालक समितिलाई दिने, लेखापरिक्षक नियुक्त गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ । 

    सो सभा प्रयोजनका लागि कम्पनीले जेठ २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।


    images
    images

    Logo