काठमाडौं । रिलायबल नेपाल लाइफ इस्योरेन्सले साधारण सभा बोलाएको छ । विहीबार बसेको सञ्चालक समितिको बैठकले आगामी असार १ गते राजधानीको ज्ञानेश्वरस्थित लिसरा ब्यांकेटमा गर्ने निर्णय गरेको हो।
सभामा संचालक समितिको छैटौं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने प्रस्ताव छ। लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने भएको छ।
कम्पनी ऐन अनुसार आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने कम्पनीले जनाएको छ।