images
images

समीट लघुवित्तको साधारणसभा स्थगित, यस्ताे छ कारण 


  • 366
    SHARES
  • २०८० जेठ १२ गते शुक्रबार

    समीट लघुवित्तको साधारणसभा स्थगित, यस्ताे छ कारण 

    काठमाडौं । समीट लघुवित्तको १४ औं बार्षिक साधारणसभा स्थगित भएको छ ।   संस्थाको जेठ ११ गते बसेको संचालक समितिको बैठकको निर्णयले अब अर्को सूचना प्रकाशित नभएसम्मका लागि वार्षिक साधारणसभा स्थगित गर्ने निर्णय गरेको जनाएको छ ।

    मर्जर प्रक्रियामा रहेको नेशनल माइक्रोफाइनान्स लघुवित्त र समिट लघुवित्तको साधारण सभाको विशेष प्रस्तावमा केही फेरबदल गर्नुपर्ने भएकाले आफ्नो वार्षिक साधारण सभा केही समयको लागि स्थगित गरेको जनाएको छ ।

    यसअघि लघुवित्तको सञ्चालक समितीको जेठ ८ गते बसेको बैठकले जेठ ३० गते अरनिको पार्टी प्यालेस बनेपा काभ्रेपलाञ्चोकमा बिहान साढे १० बजे बोलाएको थियो ।


    images
    images

    Logo