images
images

मानुषी लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 


  • 366
    SHARES
  • २०८० जेठ ११ गते बिहीबार

    मानुषी लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 

    काठमाडौं । मानुषी लघुवित्तले साधारणसभा बोलाएको छ । बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले जेठ ३२ गते दिव्यश्वरी पार्टी प्यालेस एण्ड क्याटरिङ्ग सर्भिस प्रालि लोकन्थलीमा बिहान १०ः३० बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले  अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिका नयाँ सदस्यको नियुक्ति तथा अनुमोदन गर्ने लगायतका एजेण्डा पारित गर्नेछ । 

    सो सभा प्रयोजनका लागि कम्पनीले जेठ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 


    images
    images

    Logo