काठमाडौं । एशियन हाइड्रोपावरले साधारणसभा बोलाएको छ । बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले जेठ ३२ गते द ईन्ट्रान्स क्याफे, ललितपुरमा बिहान ११ बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले रजिष्टर्ड कार्यालयबो ठेगाना परिवर्तन गरी नयाँ ठेगाना कायम गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र अन्य संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका एजेण्डा पारित गर्नेछ ।
सो सभा प्रयोजनका लागि कम्पनीले जेठ १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।