काठमाडौं । सनराइज बैंकले साधारणसभा बोलाएको छ । सोमबाार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
बैंकले असार ३ अम्रपाली वैंक्वेट्स बालुवाटार, काठमाडौंमा विहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । सो सभाले लक्ष्मी बैंक लिमिटेडसँग मर्जर पारित गर्नेछ ।
साथै, लेखा परीक्षकको नियुक्ति गर्ने, आर्थिक वर्ष २०७८र७९ को आर्थिक हाइलाइटहरूप्रस्तुत गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।
सो सभा प्रयोजनका लागि बैंकले जेठ २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।