काठमाडौं । समीट लघुवित्तले साधारणसभा बोलाएको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले कुल जेठ ३० गते अरनिको प्याटी प्यालेस बनेपा काभ्रेमा बिहान १०ः३० बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले १३.५६ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्ने, नेशनल माइक्रोफाइनान्ससँग मर्जर पारित गर्नेछ ।
साथैं, एफपीओ जारी गर्ने, सेयर पूँजी अनुपात ७०ः३० कायम गर्ने, लेखा परीक्षकको नियुक्ति लगायतका एजेण्डा कम्पनीको रहेको छ ।
सो सभा प्रयोजनका लागि कम्पनीले जेठ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।