काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले साधारणसभा बोलाएको छ । बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले जेठ २६ गते होटल आकामा धुम्बाराही, काठमाडौंमा बिहान ११ बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले प्रभु लाइफ इन्स्योरेन्ससँग मर्जरको प्रस्ताव पारित गर्नेछ ।
साथै, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग गाभिइ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट जीवन व्यवसाय सञ्चालन गर्ने प्रस्ताव पारित गर्ने, शेयर अनुपात १ः१ कायम गर्ने, लेखा परीक्षकको नियुक्ती गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ।