काठमाडौं ।प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको लाभांश संशोधन भएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
अब कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजीको ९.८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.५१५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
यस अघि कम्पनीले चुक्ता पूँजीको १०.५२६ प्रतिशतका दरले बोनश शेयर तथा कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।