काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले साधारणसभा बोलाएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले जेठ ३२ गते अमृतभोग कालिकास्थान काठमाडौंमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । सो सभाले कम्पनीको नियामावली संशोधन गर्नेछ ।
साथै, संस्थापकर तथा साधारण शेयरधनीहरूबाट सञ्चालकको निर्वाचन गर्ने, सञ्चालक समितिको स्थापना गर्ने, २०७९/८० का लागि लेखा परीक्षकको नियुक्ति गर्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।
सो प्रयोजनका लागि कम्पनीले जेठ १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।