काठमाडौं । नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले गत वर्षको नाफबाट चुक्त पुँजीको २५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १. ३१५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
सो लाभांश अर्थ मन्त्रालयबाट स्वीकृत भई कम्पनीको आगामी साधारणसभाबाट पारित भएपश्चात वितरण गरिने छ ।