काठमाडौं । कामना सेवा विकास बैंकको साधारणसभा आज हुँदैछ । बैंकको आज सिद्धार्थ बुटिक होटल, बौद्ध, काठमाडौंमा विहान ११ः३० बजे बस्दैछ ।
सो सभाले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको ४.४१ प्रतिशत बोनस शेयर र ०.२३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, आर्थिक बर्ष २०७८।७९ को अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पेश गर्नेछ ।