images
images

सुर्योदय वोमी लघुवित्तको साधारणसभा आज हुदै, के के छन् एजेण्डा ?


  • 299
    SHARES
  • २०८० बैशाख ३० गते शनिबार

    सुर्योदय वोमी लघुवित्तको साधारणसभा आज हुदै, के के छन् एजेण्डा ?

    काठमाडौं । सुर्योदय वोमी लघुवित्तको साधारणसभा आज हुँदैछ । लघुवित्तले आज कम्पनीको धुलिखेल लज रिसोर्टको सभाहल, धुलिखेल काभ्रेपलाञ्चोकमा विहान ९ बजे बस्दैछ । 

     सो सभाले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।साविक वोमी लघुवित्त र साविक सूर्योदय लघुवित्त एक आपसमा मर्जर गर्ने कार्य सम्पन्न भई गत चैत १९ गते देखि एकीकृत कारोवार गरिएको हुँदा एकीकृत कारोवार भएको मिति देखि दुई वर्ष सम्म लाभांशमा कर छुट हुने व्यवस्थाको कारण बोनस शेयर कर प्रयोजनार्थ छुट्टै रकम नछुट्याइएको कम्पनीले जनाएको छ ।

    त्यस्तै, कम्पनीको शेयर स्वामित्व परिमार्जन गरि संस्थापक समूहको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको हिस्सा ४९ प्रतिशत कायम गर्ने एण्जेण्डा रहेको छ । 

    यसका साथै सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, आर्थिक बर्ष २०७८।७९ को अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पेश गर्नेछ ।

     

     

     

     

     

     


    images
    images

    Logo