काठमाडौं । आशा लघुवित्तको बोनश शेयर नेप्सेमा सूचीकृत भएको छ । शुक्रबार नेप्सेले कम्पनीको १४.२८५७ प्रतिशत बोनश वापतको ४ लाख ७७ हजार २० कित्ता शेयर सूचीकृत गरेको हो ।
सूचीकरणसँगै कम्पनीको उक्त शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ ।