images
images

राष्ट्र उत्थान लघुवित्तको लाभांश रद्द


  • 487
    SHARES
  • २०८० बैशाख २९ गते शुक्रबार

    राष्ट्र उत्थान लघुवित्तको लाभांश रद्द

    काठमाडौं । राष्ट्र उत्थान लघुवित्तको लाभांश रद्द गरिएको छ । बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले लगानीकर्तालाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । सो लाभांश अब वितरण नहुने भएको छ । 

    कम्पनीले राष्ट्र बैंकमा पेश गरेको विरणमा वित्तीय विवरणको नाफा नोक्सान बाँडफाँड हिसाबमा लाभांश बारेको निर्णय उल्लेख नगरी नेपाल राष्ट्र बैंक समक्ष स्वीकृतार्थ पेश हुनगएको र दोस्रो पटक राष्ट्र बैंकलाई लाभांश वितरणको लागि अनुरोध गर्दा त्यस उपर कुनै कारवाही नभएकोले लाभांश प्रस्ताव रद्द गरिएको कम्पनीले जनाएको छ । 


    images
    images

    Logo