काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बेष्ट फाइनान्सको शेयर नेप्सेमा सूचीकृत भएको छ ।
कम्पनीको कुल २ लाख ५९ हजार २९ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ । हकप्रदमा बिक्री नभएर लिलामी मार्फत बिक्रीमा ल्याएको उक्त शेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो ।
सूचीकररण भएसँगै सो कम्पनीको उक्त शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ ।