काठमाडौं । काठमाडौंबाट भैरहवाका लागि उडेको जहाज पुनः काठमाडौंमै फर्किएको छ । भेरहवाको विमानस्थलको रनवेमा श्री एयरलाइन्सको विमान रोकिएको हुनाले यतीको जआज अवतरण गर्न नसकेर पुनः काठमाडौंमै फर्किएको हो ।
आज भैरहवाबाट बिहान ९ः४० मा उडेको एसएचए ८२२ नम्बरको जहाज २० मिनेटपछि पुनः भैरहवाकै विमानस्थलमा फर्किएको थियो । उक्त विमान रनवे मै रहेकाले अरु उडान अवतरण समेत प्रभाव परेको छ ।
एनवाईटी ८९१ कल साइनको यतीको जहाज बिहान साढे ९ बजे काठमाडौंबाट भैरहवा प्रस्थान गरेको थियो ।