images
images

किन बिच बाटोबाटै फर्कियो भैरहवाबाट काठमाडौ आउँदै गरेको जहाज ?


  • 586
    SHARES
  • २०८० बैशाख २५ गते सोमबार

    किन बिच बाटोबाटै फर्कियो भैरहवाबाट काठमाडौ आउँदै गरेको जहाज ?

    काठमाडौं । भैरहवाबाट काठमाडौँ आउँदै गरेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै फर्किएको छ । भैरहवाबाट बिहान ९ः४० मा उडेको सो जहाज २० मिनेटपछि पुनः भैरहवाकै विमानस्थलमा फर्किएको हो । 

    श्री एयरको उडान नम्बर एसएचए ८२२ नम्बरको ७२ सिटे जहाज बिहान ७ः५५ मा उड्नुपर्ने थियो तर उक्त जहाज ९ः४० मा मात्रै काठमाडौंका लागि उडेको थियो तर उडान भरेको केही समयमा नै सो विमानलाई भैरहवाकै विमानस्थलमा अवतरण गरिएको स्रोतले जनाएको छ । 

    उक्त जहाजको  इन्डिकेटरले खराबी देखाएको छ तर खास समस्या भने अझै पत्ता लागेको छैन । अहिले उक्त विमान रनवे मै रहेकाले अरु उडान अवतरण समेत प्रभावित भएका छन् । 


    images
    images

    Logo