काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरको सबै हेलिकप्टर उडानमा प्रतिबन्ध लगाएको छ। शुक्रबार सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेसँगै प्रधिकरणले उक्त एयरको सबै ण्डानमा रोक लगाएको हो ।
प्रधिकरणका अनुसार सो एयरको उडान अब अर्को सूचना जारी नभएसम्मका लागि र अन्य हेलिकप्टरको परीक्षण तथा कम्पनीको विषयमा अडिट नहुँदासम्मका लागि उडानमा रोक लगाएको छ ।
गत शुक्रबार दिउँसो १ बजेतिर सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको थियो । उक्त हेलिकप्टर भोटखोला गाउँपालिका सिप्रुङमा सिम्रिक एयरको हेलिकोप्टर अवतरणका क्रममा दुर्घटना भएको