काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले साधारणसभा बोलाएको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले जेठ ३१ गते काठमाडौंमा बिहान ११ बजे बस्नेगरी सभा बोलाएको छ । सो सभाले सर्वसाधारण शेयरधनीबाट १ जना सञ्चालकको निर्वाचन गने, लेखापरीक्षकको नियुक्ति गरि पारिश्रमिक अनुमोदन गर्ने लगाएका एजेण्डा पारित गर्नेछ ।
सो सभा प्रयोजनका लागि कम्पनीले जेठ १६ गतेदेखि जेठ ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ जेठ १५ गतेसम्म कायम भएका शेयरधनीले मात्र सो कम्पनीको सभामा सहभागी हुन पाउनेछन् ।