काठमाडौं । बाराही हाइड्रोपावरले सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले आफ्नो ५१ प्रतिशत शेयर रहेको सिंकोस खोला जलविद्युत आयोजना ३.४५ मे.वा. र कम्पनीको स्वामित्वमा रहने तल्लो ठेउले खोला जलविद्युत (क्यास्केड) आयोजना ०.७५ मे.वा. निर्माणको लागि १ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेकाे छ ।