काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा रहेको राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूलाई बोलाएर छलफल गरेको छ ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाका सीईओहरूलाई बोलाएर बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरूले बुझाएको लिखित सुझाबलाई ब्याख्या गर्न लगाएका हुन् ।
बैंकर्स संघका अध्यक्ष भुवन दहाल, विकास बैंक संघका अध्यक्ष प्रद्युमन पोखरेल र फाइनान्स कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरका केही अन्य सीईओलाई बोलाएर छलफल गरेका हुन् ।
नक्सालस्थित मेरियट होटलमा दिउँसो मंगलबार १ बजेदेखि साढे तीन बजेसम्म छलफल चलेको थियो । उक्त कार्यक्रममा गभर्नर अधिकारीले सीईओहरूको सुझावलाई ग्रहणमात्रै गरेका छन् । उनले छलफल शुरु गर्दा नै बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरूले पठाएका सुझावका वारेमा ब्रिफिङ गर्न लगाएका थिए । तीन वटै संघले आगामी मौद्रिक नीतिका बारेमा राष्ट्र बैंकमा सुझाब पठाइसकेका छन् ।
छाता संस्थाका अध्यक्ष तथा बैंक तथा वित्तीय संस्थाका सीईओहरूले मागको ब्रिफिङ गर्नुभन्दा भन्दा माग नै दोहोराएका थिए ।



