images
images

नेशनल लाइफ इन्स्योरेन्स तोक्यो बुक क्लोजको मिति


  • 397
    SHARES
  • २०८० बैशाख २१ गते बिहीबार

    नेशनल लाइफ इन्स्योरेन्स तोक्यो बुक क्लोजको मिति

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले बुक क्लोजको मिति तय गरेको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो  । 

    कम्पनीले जेठ २२ गते नेशनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंमा बिहान १०ः३० बजे बस्नेगरी सभा बोलाएको छ । सो सभा प्रयोजनका लागि कम्पनीले जेठ ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 

    तसर्थ जेठ १० गतेसम्म कायम भएका शेयरधनीले मात्र कम्पनीको साधारणसभामा सहभागी हुन पाउनेछन् । कम्पनीले लगानीकर्ताहरुका लागि गत वर्षको नाफाबाट चुक्ता पुँजीको ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ६.५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।


    images
    images

    Logo