काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । बिहीबार सो कम्पनीको ७६ लाख कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले सो कम्पनीको पहिलो दिनको कारोबारका लागि न्युनतम ९२ रुपैयाँ ७१ पेसा र अधिकतम २ सय ७८ रुपैयाँ १३ पैसा ओपनिङ रेञ्च तोकेको छ ।
सो शेयर बिहीबार नेप्सेमा सुचीकृत भएको छ । उक्त शेयर सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ ।