काठमाडौं । राष्ट्र उत्थान लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख १३ गते बेलुका ६ बजे बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तले हाल कायम रहेको चुक्तापुँजीको १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
सो लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको साधारणसभाबाट पारित गरेपश्चिात् लाभांश वितरण गरिनेछ ।