काठमाडौं । हिमाल उर्जा विकास कम्पनीले साधारणसभा बोलाएको छ । शनिबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
कम्पनीले जेठ ९ गते अर्पण व्याङ्क्वेट नयाँबानेश्वर, काठमाडौंमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । सो सभाले १ः१ अनुपातामा हकप्रद सेयर निष्काशन तथा बिक्री गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, कम्पनीले अधिकृत पूँजी र जारी पूँजी बृद्धि गरी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पारित गर्ने, लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।
सो सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।