काठमाडौं । हकप्रद निष्काशनका लागि हिमाल दोलखा हाइड्रोपावरले बुक क्लोजको मिति तय गरेको छ ।
कम्पनीले ७५ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । १ः०.७५ को अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद शेयर निकाष्शन गर्ने भएको छ । सोही प्रयोजनका लागि कम्पनीले वैशाख २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीले निष्काशनको मिति भने तोकेको छैन।
तसर्थ वैशाख २६ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र यस हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद निष्काशनको लागि कम्पनीले लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धकमा नियुक्त गरेको छ।