images
images

नेपालले कुवेतलाई दियो २८१ रनको लक्ष्य


  • 241
    SHARES
  • २०८० बैशाख १६ गते शनिबार

    नेपालले कुवेतलाई दियो २८१ रनको लक्ष्य

    काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले कुवेतलाई जितका लागि २ सय ८२ रनको चुनौती दिएको छ ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेल टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभरमा नौ विकेट गुमाएर २ सय ८१ रन बनाएको हो । 

    नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९४ रनको योगदान दिए । उनले ९५ बलमा सात चौका र तीन छक्काको सहयोगमा ९४ रन बनाएका हुन् ।  कुशल मल्लले ४४ बलमा चार चौका र चार छक्काको सहयोगमा ५७ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै कुशल भुर्तेलले ४३ रन बनाए भने आसिफ शेखले ३१ रन बनाए । आरिफ शेखले १९ रन बनाउँदा सोमपाल कामी १३ रनमा अविजित रहे ।

    कुवेतका लागि कप्तान मोहम्मद अस्लाम र अदनान इद्रिसले समान ३÷३ विकेट लिए भने सयद मोनिव र यासिन पटेलले समान एक÷एक विकेट लिए । पचास ओभरको खेल वर्षाका कारण अवरुद्ध भएपछि ४२ ओभरमा घटाएर सुरु गरेको थियो ।

     


    images
    images

    Logo