images
images

अयोग्य लडाकुको नाममा दुई लाख बाँड्ने निर्णय फिर्ता गर्न माग


  • 257
    SHARES
  • २०८० बैशाख १५ गते शुक्रबार

    अयोग्य लडाकुको नाममा दुई लाख बाँड्ने निर्णय फिर्ता गर्न माग

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा श्यामकुमार घिमिरेले १६ वर्षपछि आएर अयोग्य लडाकुमा नाममा दुई÷दुई लाख रकम बाँड्ने सरकारको निर्णय फिर्ता लिन आग्रह गरे । सांसद शान्ति विकले अयोग्य लडाकुलाई दिने भनिएको फिर्ता गर्नुपर्ने धारणा व्यक्त गरे ।

    बैठकको शून्य समयमा नेकपा (एमाले) का सांसद विद्या भट्टराईले कास्कीमा कुनै पनि पुलहरु समयमै निर्माण हुन नसकेको भन्दै निर्माण सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न माग गरिन् ।

    सांसद सूर्यकुमारी श्रेष्ठले दैलेखमा सडक तथा पुल निर्माणका लागि ठूलो रकम विनियोजन गरेको भए पनि निर्माण गर्ने ठेकेदारको बेइमानीका कारण अलपत्र परेको भन्दै सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरिन् ।

    सुनिता बरालले सामान्य श्रमिकदेखि ठूला व्यवसायीलाई समस्या परेको अवस्थामा गृहमन्त्रालयले अयोग्य लडाकुलाई पैसा बाँड्न गरेको निर्णय फिर्ता लिन माग गरिन् ।

    सांसद सरिता भुसालले देशको अर्थतन्त्र संकटमा परेको, सामाजिक सुरक्षा भत्ता प्रदान गर्न नसक्ने अवस्थामा अयोग्य लडाकुलाई दुई÷दुई लाख बाँड्न खोज्नु गलत भएको भन्दै उक्त निर्णय फिर्ता लिन आग्रह गरिन् । सांसद सुशीला थिङले अयोग्य लडाकुलाई पैसा बाँड्न गृहमन्त्रालयले गरेको निर्णय फिर्ता लिनुपर्ने माग गरिन् । 
     
    सांसद विराज भट्ट श्रेष्ठले विद्यार्थीको भविष्य नै असर पर्ने गरी भ्रातृ सङ्घसंस्थाहरुले राजनीतिक गतिविधि गर्न नहुने बताए । सांसद विनिताकुमारी सिंहले सरकारी कार्यालयमा कामकाज ढिलासुस्ती हुने गरेको र त्यस्ता स्थानमा सिसिटिभी क्यामरा जडान गरी निगरानी गर्न माग गरे ।

    सांसद सन्तोष चालिसेले काठमाडौँकै सरस्वती नगरमा दिनदहाडै महिलाको हत्या भएको विषयमा अहिलेसम्म दोषी पत्ता नलागेको प्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरे ।

    सांसद सपना राजभण्डारीले हनुमान ढोकास्थित काष्ठमण्डपको पुनःनिर्माण सम्पन्न भइसकेको भए पनि आम सर्वसाधारणका लागि ढोका नखोलिएको भन्दै तत्काल प्रवेशका लागि खुल्ला गर्न आग्रह गरिन् । सांसद सम्झना थपलियाले हुलाकी मार्ग सिराहा र धनुषा जोड्ने पुल भत्किएको उल्लेख गर्दै तत्काल राजमार्गको काम सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद सरस्वती बजिमयले खोटाङको तराई जोड्ने बाटो तत्काल निर्माण तथा मर्मत गर्न माग गरिन् ।

    सांसद स्वर्णिम वाग्लेले निर्वाचित गर्ने तनहँुका आममतदाताप्रति आभार व्यक्त गर्दै मुग्लिन–पोखरा राजमार्गको मर्मतमा ढिलाइ हुँदा जनता मारमा परेकाले तत्काल मर्मत सम्पन्न गर्न आग्रह गरे ।

    सांसद सुमना श्रेष्ठले विदेश भ्रमण र श्रमिकका समस्या समाधानका लागि मुलुकको परराष्ट्र मामिलामा एकरुपता हुन जरुरी रहेको बताइन्।
     
    सांसद सूर्यप्रसाद ढकालले मध्यवर्ती क्षेत्र खारेज गर्न माग गरिन्। सांसद सूर्य थापाले मुलुकको राष्ट्रप्रमुख बिरामी भएको सम्बन्धमा संसद्लाई जानकारी गराउन माग गरे। सांसद सोविता गौतमले साना लगानीकर्ताहरुले व्यवसाय गर्ने पुँजी बजार कमजोर भइरहेको र यस्तो अवस्थामा राज्यले ध्यान दिनुपर्ने बताए । 

    सांसद हेमराज राईले आगामी बजेटमा किरातको संस्कृति संरक्षणको व्यवस्था गर्न माग गरे । सांसद ज्ञानु बस्नेत सुवेदीले शान्ति प्रक्रियाको बाँकी कामहरु बाँकी रहेको हुनाले त्यसलाई गिजोल्ने काम नगर्न सभामुखमार्फत सबैको ध्यानाकर्षण गराए ।


    images
    images

    Logo