काठमाडौं । नेप्सेले सूर्योदय वोमी लघुवित्तको शेयर मुल्य समायोजन गरेको छ । १५ प्रतिशत बोनस शेयर पश्चात उक्त कम्पनीको शेयर मूल्य समायोजन भएको हो ।
कम्पनीले १५ प्रतिशत बोनस शेयर पश्चात ६ सय २ रुपैयाँ २१ पैसामा मुल्य समायोजन गरेको छ । सो कम्पनीको अन्तिम कारोबार ६ सय ९३ रुपैयाँमा भएको थियो ।
नेप्सेका अनुसार बिहीबार समायोजित मुल्यलाई आधार मानेर सो कम्पनीको कारोबार खुल्नेछ ।