काठमाडौं । यूनाइटेड इन्स्योरेन्सले बुक क्लोजको मिति तय गरेको छ ।
कम्पनीले वैशाख २५ गते अनमोल व्यङ्क्वेट शंअमुलमा बिहान ११ बजे बस्नेगरी साधारणसभा बोलाएको छ । सो सभा प्रयोजनका लागि कम्पनीले बैशाख १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।
तसर्थ वैशाख १२ गतेसम्म कायम भएका शेयरधनीले मात्र कम्पनीको साधारणसभामा सहभागी हुन पाउनेछन् ।