काठमाडौं । माहुली लघुवित्तको साधारणसभा आज हुँदैछ । लघुवित्तले आज कम्पनीको प्रधान कार्यालय सप्तरीमा बिहान ११ बजे बस्दैछ।
सो सभाले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न०.७५ नगद लाभांश गरी कुल १५लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
सो सभाले अन्य कुनै लुघवित्त वित्तीय संस्थासँग एकआपसमा गाभ्ने।गाभिने तथा मर्जर वा प्राप्ति सम्बन्धि उपयुक्त प्रस्ताव आएमा सो कार्यको लागि उपयुक्त लघुवित्तको पहिचान गर्न सहमतिपत्रमा हस्ताक्षर गर्न, सोको आधारमा सैद्दान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिन वा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव राखिनेछ ।
यसका साथै सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, आर्थिक बर्ष २०७८।७९ को अन्त्यसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पेश गर्नेछ ।



