images
images

अरुण भ्याली हाइड्रोले हकप्रद निष्काशन गर्ने


  • 428
    SHARES
  • २०८० बैशाख ६ गते बुधबार

    अरुण भ्याली हाइड्रोले हकप्रद निष्काशन गर्ने

    काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद निष्काशन गर्ने भएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    बैठकले १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार कायम रहेको छ । 

    उक्त हकप्रद शेयर निष्काशनबाट प्राप्त रकम मध्येबाट ९३ करोड ३९ लाख ८१ हजार ३ सय पिके हाइड्रोपावर प्रा.लि.ले विकास गर्दै गरेको लिखु खोला जलविद्युत आयोजना (३० मे.वा) को निर्माणको लागि आवश्यक पर्ने स्वपुँजि को लागि पिके हाइड्रोपावर प्रा. लि. को संस्थापक शेयरमा लगानी गर्ने र बाँकी रकम ९३ करोड ३९ लाख ८१ हजार ३ सय  कम्पनीले निर्माण सम्पन्न गरि सञ्चालनमा रहेको काबेली बी.१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण चरणमा बैंकहरुबाट लिएको ऋण भुक्तानी गर्नको लागि उपयोग गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।


    images
    images

    Logo